Funny nepali video on Prakash Ojha.

Funny Nepali Jokes

CHICKEN

एकजना कुखुराफार्मको
मालिकले सबै
कुखुराहरुलाई भनेछ:
कुखुराफार्मको मालिक:- “सबैले
भोलि देखि दुई-दुई
ओटा अण्डा दिने जस्ले
दिँदैन त्यलाई म
काटिदिन्छु।”
भोलिपल्ट सबैले दुई दुई
ओटा अण्डा दिए तर

एउटाले एकदाना मात्रै
दियो र मालिकले
रिसाउँदै सोधेछ “किन
एउटा मात्र?”
जवाफमा कुखुरोले
भनेछ:-“यो पनि तपाईको डरले
मात्रै दिएको नत्र म त
भाले हुँ ।”

TEACHER AND STUDENT

शिक्षक: गृहकार्य किन नगरेको ?
धुर्मुसे : बिजुली थिएन ।
शिक्षक: मैनबत्ति बाल्नुपर्दैन ?
धुर्मुसे: सलाई थिएन ।
शिक्षक: किन ?
धुर्मुसे: पुजा कोठामा राखेको थिएँ ।
शिक्षक: अनि ल्याए भैहाल्थ्यो नि !
धुर्मुसे: नुहाएको थिईन ।
शिक्षक: किन ननुहाएको त ?
धुर्मुसे: पानी थिएन ।

शिक्षक: अरे यार ! किन पानी थिएन त
नि ?
धुर्मुसे: मोटर चलेको थिएन ।
शिक्षक: के भएर मोटर चलेन ?
धुर्मुसे: तेरो खप्पर !!
साला गजनी को सन्तान
अघि बिजुली थिएन भनेको हैन।

BOY AND GIRL

Boy to Girl: I love you & I want to Marry You !
Girl: ऐनामा आफ्नो अनुहार हेर्या छस् ?
Boy: हेर्या छु, त्यसैले त तँकहाँ आएँ नि, नत्र त
क्याटरिना कैफ छँदै थी नि !

RAJA RA RANI

राजा र रानीले मोवाइलको सट्टामा परेवाको माध्यमद्धारा एकअर्कालाई मेसेज पठाउने निर्णय गरे। अर्कोदिन राजाकोमा परेवा त पुग्यो तर मेसेज केहि थिएन। राजालाई एकदम रिस उठ्यो अनि रानीलाई झपार्दै खै मेसेज भने। रानीले भनिन् मुर्ख त्यो त मिस कल मात्र हो। 

Powered by Blogger.