MAAN

जसले मुटु चुडेर लग्यो, उही घुम्छ नजरभरि , 
त्यही नै हो तेरो प्राण भन्छ, मनले घरीघरी , 
उसको माया अरुसंग कसरी म दाज्न सक्छु, 
कसैसंग रम्दिन म बरु एक्लै बाच्न सक्छु , 
जसले मलाई चोट दियो, उही आउछ ओरिपरी, 
त्यही नै हो तेरो प्राण भन्छ मनले घरीघरी ,
उसको बेगर दिल खोलेर कसरी म हास्न सक्छु, 
कुनै दिनको माया मिठो जुनिभरी म साच्न सक्छु ,जसलाई सिंगो जीवन अर्पे उसलाई बिर्सु म कसो गरि ,त्यही नै हो तेरो प्राण भन्छ मनले घरीघरी .....!!!

Comments are closed.

Powered by Blogger.